पोउवा निर्वाचनः १५ सय मत गन्दा पत्रकार लौडारी ‘सेकन्ड लास्ट’
पाेखरा | भदौ २६, २०७९
पोखराः पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न जारी मतदानपछि सदस्य पदको मत गणना भइरहेको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ हजार ५ सय मतगणना हुँदा प्रभा सुवेदी अग्रस्थानमा रहेकी छिन् भने पत्रकार हिमनिधि लौडारी १८ औं स्थानमा छन् ।
सुवेदीले ९ सय ४१ मतकासाथ अग्रता लिँदा पत्रकार लौडारीको ५ सय ५५ मत आएको छ । उनले दुर्गा रन्जित श्रेष्ठलाई १० मतले जितेका छन् ।
सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १० जना निर्वाचित हुनेछन् । लौडारी पोखरेल प्यानलका उम्मेदवार हुन् ।
निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघमा ३ हजार १४३ मतदाता छन् ।
संघको अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

